मन्त्रालयको छवि सुधार्न हरसम्भव प्रयास गरे : मन्त्री अथक

  २०७९ पुष १२ गते ७:०८     विकासन्युज

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो कार्यकालमा मन्त्रालयको स्तर उकास्न उल्लेखनिक काम भएको बताएका छन् । सोमबार मन्त्रालयको जिम्मेवारीबाट विदाई हुँदै मन्त्री अथकले मन्त्रालयको स्तर उठाएर बिदा हुन लागेको बताएका हुन् ।

आफ्नो १४ महिने कार्यकालमा मन्त्रालयको छवि सुधार्न हरसम्भव प्रयास गरेको उल्लेख गर्दै मन्त्री अथकले दिर्घकालिन महत्व राख्ने धेरै योजनाहरु सुरु गरीएको बताए । खेलकुद विश्वविद्यालय स्थापनाको प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी सरकारले त्यसलाई पूर्णता दिनेमा विश्वस्त रहेको बताउँदै मन्त्री अथकले खेलाडीहरुको सम्मान र पुरस्कारकालागि नितिगत रुपमै आधार तयार गरी लागु गरीएको बताए ।

लामो समयदेखी हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गरी खेलकुद क्षेत्रलाई जीवन दिन समेत सफल भएको उनको भनाई थियो । खेलकुदका महत्वपूर्ण संरचना निर्माण गर्ने अभियानलाई समेत आफ्नो कार्यकालमा तिब्रताका साथ अगाडी बढाएको उल्लेख गर्दै मन्त्री अथकले मन्त्रालयले सुरु गरेका योजनाहरुलाई निरन्तरता दिन आग्रह गरे ।

स्वरोजगारसँग जोडिएका सबै निकायलाई एकै ठाँउमा केद्रित गरी स्वरोजगार प्राधिकरण स्थापनाकालागि पहल गरेपनि त्यसले पूर्णता पाउन नसकेको भन्दै मन्त्री अथकले नेपालमा स्वरोजगार प्राधिकरणको अपरिहार्यता रहेको बताए । आगामी दिनमा उक्त अभियानलाई अगाडी बढाउन समेत सबै पक्षसँग आग्रह गेका छन् ।

मन्त्रालयबाट बिदाई हुँदै गर्दा मन्त्री अथकले आफ्नो कार्यकालमा भएका महत्वपूर्ण उपलब्धीहरु समेटिएको हाते पुस्तक समेत सार्वजनिक गरे । मन्त्री अथकको बिदाईकालागि मन्त्रालयमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतम, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, नेपाल स्काउट र युवा तथा साना ब्यवसायी कोषका पदाधिकारी सहित मन्त्रालयका कर्मचारीहरुको सहभागीता रहेको थियो । बिदाई कार्यक्रममा मन्त्रालयका सचिव गौतमले मन्त्री अथकलाई मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.