अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न विज्ञसँग सुझाव लिन्छु : अर्थमन्त्री पौडेल

  २०७९ पुष ११ गते १८:३४     विकासन्युज

काठमाडौं । नवनियुक्त अर्थमन्त्री पौडेलले विज्ञसँग सुझाव लिएर अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने बताएका छन् । सोमबार पदभार ग्रहण गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’

मन्त्री पौडेलले चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउन आफ्नो प्राथमिकता हुने पनि बताएका छन् । ‘सबैभन्दा पहिला अर्थतन्त्रका समस्या पहिचान गर्ने मेरो प्राथमिकता हुनेछ, त्यसपछि अर्थतन्त्रका चुनौतीहरू विज्ञका सुझावका आधारमा समाधान गरिनेछ,’ उनले भने ।

अर्थमन्त्री पौडेलले अर्थमन्त्रीको पदबहाली गर्दै सरकारी दर्ता तथा चलानीलाई अनलाइन प्रणालीमा लैजाने पहिलो निर्णय गरेका छन् । उनले अर्थ मन्त्रालय अन्तर्गतका विभाग र मन्त्रालय मातहतका निकायमा हाल रहेको परम्परागत कार्यसञ्चालन र व्यवस्थापन प्रणालीलाई अनलाइन प्राणालीमा लैजाने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.