को हुन् अर्थमन्त्री विष्णु पौडेल ?

  २०७९ पुष ११ गते १७:३२     विकासन्युज

काठमाडाैं । नवनियुक्त अर्थमन्त्री २०१६ सालमा स्याङ्जामा जन्म भएकाे हाे । हाल नेकपा एमालेका उपाध्यक्ष महासचिव पाैडेल तेस्राे पटक अर्थमन्त्रीकाे पदभार समाल्न पुगेका हुन् ।

०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि अशोक राईसँगै स्थायी कमिटी सदस्य बनेका थिए । उनी ०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र ०७१ को नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए ।

संसदीय राजनीतिमा उनी ०५१ सालबाट प्रवेश गरेका हुन् । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका पौडेल ०५४ सालमा युवा तथा खेलकुद मन्त्री बनेका थिए । ०५६ मा उनी रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा पराजित भए । र फेरी ०६४ सालमा सोही क्षेत्रबाट निर्वाचित भए ।

यसबीचमा उनी ०६५ मा प्रचण्ड सरकारमा जलस्रोत मन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बने । ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएका थिए । त्यसपछि पुन: काेराेनाकाे बेला उनी अर्थमन्त्री भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.