सिन्धु विकास बैंकले लाभांश नदिने, ३ वर्षदेखि सेयरधनीको हात रित्तो

  २०७९ पुष ८ गते १०:५३     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७५/७६ मा नाफाबाट सेयरधनीहरुलाई ११.४८५१ प्रतिशत बोनस सेयर र ०.६०४९ प्रतिशत नगद गरी कूल १२.०९२ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता ३ वर्षदेखि बैंकले लाभांश वितरण गरेको छैन ।

बैंकको बिहीबारको बैठकले गत वर्षको असार मसान्तसम्मको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.