राजेशबाबु श्रेष्ठको नेतृत्वमा नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन

  २०७९ पुष ७ गते ११:५१     विकासन्युज

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिट्नेश महासंघको तदर्थ समिति गठन भएको छ ।राजेशबाबु श्रेष्ठको नेतृत्वमा तदर्थ समिति गठन भएको हो ।

मनकामना केबलकारसँगै चितवन कोइ कन्स्ट्रक्सनमा आवद्ध श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतानिक वाणिज्यदूत पनि हुन् ।

राष्ट्रिय खेलकुद परिषदले नेपलिज फेडेरेशन अफः विडविल्डिङ एण्ड फिटनेस संघको दर्ता खारेज गरी नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघको तदर्थ समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा नारायण प्रधान, दिनेश कुमार राजभण्डारी, दिनेश अमात्य, बिजय लाल कायस्थ, रण बहादुर थेबे नियुक्त भएका छन् भने महासचिवमा अजय बज्राचार्य, सचिव राजन श्रेष्ठ, कोषाध्यक्षमा राजेश उपाध्याय नियुक्त भएका छन् ।

यस्तै, सदस्यमा रुपेन्द्र गुरुङ्ग, पवन डंगोल, दिनेश श्रेष्ठ, चन्द्र बहादुर मगर, नविन मान उदास, रेणुका श्रेष्ठ, भारती घले, बाबुकाजी मानन्धर, सितु प्रसाद श्रेष्ठ, रत्न लाल मानन्धर, नरेश मल्ल, निर्मला मर्हजन, केशव नागा, रोशन मर्हजन, बलराम सुवेदी, वकिलमान उदास, सुजन लामा र विनिता राई चुनिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.