फुटबलको फाइनल गेममा नाइक र एडिडास कम्पनीको जर्सी लगाएर प्रतिस्पर्धा हुँदै

  २०७९ पुष ३ गते १७:१८     विकासन्युज

काठमाडौं । कतारको लुसेल रंगशालामा आइतबार फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ। खेलमा विश्वका दुई ठूला स्पोर्ट्सवेयर कम्पनीहरुको ठूलो प्रचारात्मक पदर्शनी पनि हुनेछ। एडिडास लामो समयदेखि अर्जेन्टिना राष्ट्रिय टोलीको प्रायोजक रहेको छ भने फ्रान्सलाई नाइक कम्पनीले प्रायोजन गरेको छ ।

यसवर्षको विश्वकप फुटवल प्रतियोगितामा १३ टोलीलाई नाइक र ७ टोलीलाई एडिडासले जर्सी उपलब्ध गराएका थिए । जर्सीको स्पोन्सरमा नाइकले एडिडासलाई उछिनेको यो तेस्रो पटक हो । दशकौंदेखि एडिडास विश्वकप प्रतियोगितामा पहिलो स्पोन्सरको रुपमा रहँदै आएको थियो । एडिडासले जर्मनीमा भएको १९७४ फिफा विश्वकपमा १६ मध्ये ९ टोलीलाई प्रायोजित गरेको थियो ।

अहिलेसम्म विश्वकपमा धेरै जर्सीको प्रायोजन गर्नेमा एडिडास कम्पनी अगाडि रहेको छ भने नाइक दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.