प्रतितोला छ सयले बढ्यो सुनको मूल्य

  २०७९ पुष ३ गते ११:०४     विकासन्युज

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ अघिल्लो दिन प्रतितोला ९९ हजार ९०० मा कारोबार भएको सुन ६ सय रुपैयाँले बढेर १ लाख ५०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३८० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.