हातैले कफी बनाउने प्रतियोगिता हुने

  २०७९ पुष १ गते १२:३८     विकासन्युज

काठमाडौं । काठमाडौंमा हातैले कफी बनाउने प्रतियोगिता हुने भएको छ । ट्क्स अबाउट कफी कम्पनीले आगामी पुस ५ गते मेसिनको सहायता बिनै कफि बनाउने प्रतियोगिता नेपाल एयरोप्रेस प्रतियोगिता गर्ने भएको हो ।

ट्क्स अबाउट कफी कम्पनीका सञ्चालक आशिष श्रेष्ठ जुनसुकै कफी सपका बारिस्टाहरु उक्त प्रतियोगितामा सहभागिता हुन् सक्ने बताउँछन् ।

उनका अनुसार नेपाल एयरोप्रेस प्रतियोगिता पुस ५ गते बालुवाटारमा रहेको रोयल एम्पायर बुटिक होटलमा हुँदैछ । कम्पनीले यस भन्दा अगाडि २ पटक उक्त प्रतियोगिताको आयोजना गरिसकेको छ ।

सहभागिता शुल्क एक हजार रुपैयाँ रहेको पनि कम्पनीले जनाएका छ । इच्छुकहरूले कार्यक्रममा सहभागिता मात्र नभई अवलोकन गर्न समेत आउँन सक्ने छन् । अवलोकन गर्नेहरूलाई भने कुनै शुल्क लाग्दैन ।

सहभागी भई बिजेता हुनेलाई ट्रफि लगायत गिफ्ट ह्याम्परकाे व्यवस्था गरिएको पनि श्रेष्ठले बताए । उनका अनुसार एयरोप्रेस प्रतियोगिता हरके वर्ष हुन्छ । पुस ५ गते हुने भनिएको प्रतियोगिता सो होटलमा बिहान १० बजे देखि बेलुका ६ बजेसम्म लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.