नाडाको आन्दोलनलाई पश्चिमाञ्चल अटोमोवाइलको साथ

  २०७९ मंसिर २८ गते १६:२५     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आन्दोलनलाई पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले साथ दिएको छ । नेपाल सरकारले चार पाँग्रे गाडी आयातमा लगाएको प्रतिबन्ध तथा राष्ट्र बैंकको नीतिको विरोध गर्दै आएको नाडालाई पश्चिमाञ्चल अटोमोवाइलले साथ दिएको हो ।

नाडाको आन्दोलनलाई साथ दिदैँ नाडाको गण्डकी प्रदेश अन्तर्गत रहेको संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनले (वाडा) पोखराको मानवअधिकार चोकमा शान्तिपूर्ण विरोध कार्यक्रमको आयोजना गरेको हो ।

वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा भएको धर्ना कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एशोसिएशन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाहरुले समेत समर्थन र एक्येवद्धता जनाएका थिए । उक्त धर्ना कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एन वाइइएफका अध्यक्ष सुयस मल्ल लगायतले आन्दोलनको औचित्य र आवश्यकता बारे आ धारणा राखेका थिए ।

धर्ना कार्यक्रममा व्यवसायीहरुले अटो कर्जामा बढाइएको जोखिम भार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनुपर्ने, चालु पुँजी कर्जा मार्गदर्शन २०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नु पर्ने जस्ता मागहरु राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.