तोलामा तीन सयले घट्यो सुनको मूल्य

  २०७९ मंसिर २६ गते १३:३१     विकासन्युज

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा आएको छ । अघिल्लो दिन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार सात सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेर एक हजार तीन सय ९० रुपैयाँमा आएको महासङ्घले जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँसत एक हजार सात सय ८७ दशमलव ४८ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.