इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न

  २०७९ मंसिर २६ गते १२:०१     विकासन्युज

काठमाडाैं । इस्लिङटन कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

समारोहमा स्नातक तह अन्तर्गत बीएस्सी कम्प्युटिङ, बीएस्सी कम्प्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी, बिए बिजिनेस एड्मिनिस्ट्रेसन र बीएस्सी मल्टिमिडिया टेक्नोलोजी का ८५७ विद्यार्थी सहभागी भएका थिए ।

दिक्षान्त समारोहमा स्नाकोत्तर तह अन्तर्गत एमएस्सी आटी एण्ड एप्लाइड सेक्युरिटी विषयका ७२ जना विद्यार्थी दिक्षित भएको कलेजले जनाएको छ ।

समारोहमा विजनेस विषयमा स्नातक तह गर्ने ९४ र आइटी तह पुरा गर्ने ८३५ विद्यार्थी गरी जनमा ९२९ विद्यार्थी अभिभावक र विद्यार्थीको उपस्थितिमा दिक्षित भएको कलेजले जनाएको छ ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट स्मबंधं प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा संचालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका उप-कुलपति (एकेडेमिक) प्रोफेसर जुली हलले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले विश्वभर सम्बन्धन प्राप्त कलेजमध्य इस्लिङटन कलेज उत्कृष्ट रहेको बताएकी थिइन् ।

दिक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक सुलभ बुढाथोकीले लण्डन विश्वविद्यालयको हाइर्यानकिङमा परेको यस कलेजमा उतिर्ण विद्यार्थीले नेपाल र विश्वका विभिन्न मुलुकमा उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.