आरजु राईस मिलले नेपालमा उत्पादित धान मात्र खरिद गर्ने, तोक्यो न्यूनतम समर्थन मूल्य

  २०७९ मंसिर २३ गते १४:५३     विकासन्युज

काठमाडौं । आरजु राईस मिलले चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मिलले किसान, प्राविधिक, संघीय, प्रदेश र स्थानीय पदाधिकारीको उपस्थितिमा चैते धानको न्यूनतम समर्थन मूल्य प्रति मन ९ सय रुपैयाँ तोकेको हो ।

धान मिलमा ल्याइएको दुई दिनभित्रै बैंकिङ प्रणालीबाट किसानको बैंक खातामा रकम जम्मा हुने सुनिश्चितता मिलले गरेको छ भने धानमा ‘नमी’को मात्रा २५ प्रतिशत हुनुपर्नेछ ।

आरजु राईस मिलका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले नेपाली किसानबाट मात्रै मिलले धान खरिद गर्नेभन्दै न्यूनतम समर्थन मूल्य तोेकिएको बताए । उनले खर्बाेको खाद्यान्न आयातलाई निरुत्साहन गर्नुपर्ने भन्दै आरजु मिलले नेपाली किसानको मात्रै धान खरिद गर्ने उद्घोष गरे ।

खाद्यान्न आयातका नकारात्मक परिणाम थुप्रै रहेका छन्, विदेशी मुद्रा रित्तिनु, रोजगारमा कमीका साथै किसानका उत्पादनले सम्मानजनक मूल्य नपाउनु जनाईएको छ ।

अहिले धेरैजसो किसानले मोटो चामलको उत्पादन र उपभोक्ताले मसिनो र लङ ग्रेन चामल खानामा प्रयोग हुँदा बेमेल देखिएको भन्दै मिलले किसानहरुलाई उपभोक्ताको रोजाई अनुसार धानबाली लगाउन समेत आग्रह गरेको छ ।

आरजु राईस मिल गामघरमै स्थापित र अबको केही सातामै सञ्चालन आउन लागेको छ । यसले स्थानीय स्तरमा रोजगारी वृद्धि र किसानका धानले उचित मूल्य पाउने सुनिश्चित गरेको छ ।

2 comments on "आरजु राईस मिलले नेपालमा उत्पादित धान मात्र खरिद गर्ने, तोक्यो न्यूनतम समर्थन मूल्य"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.