प्रभु र सेञ्चुरी बैंकबीच प्राप्ति गर्ने अन्तिम सम्झौता, पुसभित्रै एकीकृत कारोबार गर्ने

  २०७९ मंसिर २२ गते ६:२६     विकासन्युज

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता गरेको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच प्राप्ति गर्न बुधबार २१ मंसिरमा अन्तिम सम्झौता भएको प्रभु बैंकले जनाएको छ । दुवै बैंकबीच पौष मसान्तभित्र एकीकृत कारोबार गर्ने लक्ष्यका साथ अन्तिम सम्झौता भएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बताए ।

विभिन्न समयमा सफलतापूर्वक मर्जर सम्पन्न गरेको प्रभु बैंकले सेञ्चुरी कमर्सयिल बैंकलाई प्राप्ति (एक्वजिसिन) गर्न गत साउन १५ गते मर्जर सम्झौता गरेको थियो । सेञ्चुरी बैंकलाई प्राप्ति गर्न प्रभु बैंकले नेपाल राष्ट्र बैंकबाट गत भदौ २० मा सैद्धान्तकि सहमति प्राप्त गरेको थियो ।

‘दुई बैंकबीच प्राप्तिका लागी बुधबार अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ, पौष मसान्त भित्र संयुक्त कारोबार गर्नेगरी अन्तिम सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट मर्जर समतिकिा संयोजक रमेश सिंह खड्का र सेञ्चुरी बैंकका मर्जर समिति सदस्य मन बहादुर राईले हस्ताक्षर गरेका हुन्,’ सीईओ शेरचनले भने ।

दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्ने बताइएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.