सानिमा एक विश्वसनिय बैंकको रुपमा स्थापित भयो : सीईओ पाण्डे

  २०७९ मंसिर २१ गते १८:४०     विकासन्युज

काठमाडौं । १८ वर्षको अवधिमा सानिमा बैंक सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएको प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताएका छन् । बुधबार काठमाडौंमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका संचालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरु आभार प्रकट गरे ।

वार्षिकोत्सवको अवसरमा बैंकले दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरेको थियो । सीईओ पाण्डेले कर्मचारीहरुलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए । यस्तै, बैंकले आगामी दिनमा आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने बताएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले काठमाडौंमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एशोसिएसन नेपाल र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । बैंकले पुष ९ गतेसम्म देशका सातै वटा प्रदेशमा रहेका शाखाहरु मार्फत रक्तदान कार्यक्रम संञ्चालन गर्ने जनाएको छ । 

बैंकले वार्षिकोत्सवको अवसर पारेर आधुनिक तथा नविनतम प्रविधिको प्रयोग गरी आफ्नो वेवसाइटलाई थप सुविधा सहित परिष्कृत रुपमा संचालनमा ल्याएको छ । उक्त वेबसाइट मार्फत विभिन्न प्रकारका बैंक खाता खोल्न, डिम्याट खाता खोल्न, सीआस्वा र मेरो शेयरको आवेदन दिन सकिनेछ । साथै, विदेशमा बस्ने नेपालीहरुले इकेवाइसी तथा भीकेवाइसीबाट खाता अद्यावधिक गर्ने सुबिधा पनि लिन सक्नेछन् ।

सानिमा बैंकको सातै प्रदेशमा १३० वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.