भारतको एउटा विश्वविद्यालय र कलेजलाई फार्मेसी काउन्सिलले राख्यो कालोसूचीमा

  २०७९ मंसिर १८ गते १७:१४     विकासन्युज

काठमाडौं । भारतको एउटा विश्वविद्यालय र कलेजलाई नेपाल फार्मेसी परिषदले कालोसूचीमा राखेको छ । एक सूचना प्रकाशित गर्दै परिषदले भारतको हिमाञ्चल प्रदेशमा रहेको आइसी युनिभर्सिटी र उडिसामा रहेको गजपति कलेज अफ फार्मेसीलाई कालोसूचीमा राखेको जनाएको छ ।
परिषदले भारतमा रहेका ती युनिभर्सिटी र कलेजमा अध्ययन गरेको शैक्षिक योग्यतालाई मान्यता दिन नसकिने जनाएको छ । निरिक्षण टोली द्वारा अनुसन्धान पश्चात पेश गरिएको प्रतिवेदनका आधारमा सो निर्णय लिएको परिषदले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.