युनाईटेड इदीको १०.५२६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  २०७९ मंसिर १५ गते ६:३६     विकासन्युज

काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीलेले सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (मंसिर १५ गते) अन्तिम दिन हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल ायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले मंसिर २८ गते, बुधबार आभ्या क्लब, धारीपाटन, पोखरामा बिहान ११ बजे १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.