अब ट्वीटरमा लामो स्टाटस लेख्न पाइने

  २०७९ मंसिर १२ गते १६:००     विकासन्युज

एजेन्सी । ट्वीटरमा भएको अक्षर सीमाको कारणले मानिसहरुले सो प्लेटफर्ममा आफ्नो इच्छाअनुसारको विषय लेख्न सकिरहेका छैनन् । अहिले ट्वीटरमा भएको २ सय ८० अक्षरको सीमालाई बढाउने संकेत ट्ीवटरका मालिक एलन मस्कले दिएका छन् । ट्वीटरमा एक प्रयोगकर्ताले अक्षरको सीमा बढाउनेबारेमा दिएको सल्लाहलाई मस्कले सकारात्मक रुपमा लिएको बताएका छन् ।

एलन मस्कले ट्वीटर खरिद गरिसकेपछि पछिल्लो समयमा यसको स्वरुप र सुविधामा उनले परिमार्जन गर्ने कोशिष गरिरहेका छन् । आगामी केही समयमभित्रमा ट्वीटरले धेरै नयाँ विशेषताहरु थप्दै जाने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.