ह्वात्तै घटे बीमा पोलिसी त्याग्नेहरु, नेपाल लाइफसहित दर्जन कम्पनीमा देखियो सुधार

  २०७९ मंसिर १२ गते १३:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन बीमा पोलिसी सरेन्डर अर्थात समर्पण गर्ने (त्याग्ने) को संख्या घट्दो क्रममा छ । गत साउनको तुलनामा असोजमा सरेन्डर भएको बीमालेखमा रकम र संख्या दुबै घटेको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार समीक्षा अवधिमा सरेन्डर रकम ४८.८९ प्रतिशतले घटेको छ भने सरेन्डर भएका बीमालेखको संख्या २८ प्रतिशतले घटेको छ । २०७९ असोजमा बीमितले ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख त्यागेका छन् । जुन साउनमा १ अर्ब ५१ करोड रुपैयाँ बराबरको ८ हजार ४२२ वटा बीमालेख सरेन्डर भएको थियो ।

रकमका आधारमा १२ कम्पनीको बीमालेख सरेन्डरदरमा सुधार देखिएको छ भने ७ वटा कम्पनीको बीमालेख सरेन्डरदर बढेको छ ।
जसमध्ये नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी सरेन्डरदरमा सबैभन्दा बढी सुधार देखिएको छ । साउनको तुलनामा असोजमा कम्पनीको ७१.५२ प्रतिशतभन्दा कम रकमको बीमालेख सरेन्डर भएका छन् । साउनमा २८ करोडको बीमालेख सरेन्डर भएकोमा असोजमा ७ करोड ९७ लाख रुपैयाँको भएको छ ।

त्यस्तै, सरेन्डर रकममा सुधार आउनेको दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, तेश्रोमा प्राइम लाइफ, चौंथोमा नेपाल लाइफ र पाँचौंमा आईएमई लाइफ रहेको छ । यी कम्पनीको क्रमशः ६७.३७, ६५.६९, ५६.२० र ४९.११ प्रतिशतभन्दा कमले बीमा पोलिसी सरेन्डर भएका छन् ।

यता सिटिजन लाइफको ९४०.३१ प्रतिशत, युनियन लाइफको ९९.१७ प्रतिशत, ज्योति लाइफको ९६.८६ प्रतिशत, सूर्या लाइफको ९१.७९ प्रतिशत, सन नेपाल लाइफको ८६.४६ प्रतिशत, राष्ट्रिय बीमा संस्थानको ६२.७९ प्रतिशत र र सानिमा लाइफको बीमालेख पोलिसी सरेन्डर दर ०.०७ प्रतिशतले घटेको छ ।

किन घट्यो पोलिसी सरेन्डर दर ?

बीमा समिति (हालको नेपाल बीमा प्राधिकरण) ले बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्षसम्म सरेन्डर गर्न नपाउने व्यवस्था गरेसँगै उक्त दर घट्न पुगेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् ।

‘तीन वर्ष नपुगी सरेन्डर गर्न नपाउने व्यवस्थाको प्रभाव परेको हो । अर्को, कम्पनीहरुले पनि सरेन्डर गर्नेलाई प्रोत्साहान नगर्ने भनिएको छ, त्यसैले सरेन्डर गर्नेको दर घटेको हो,’ पौडेलले विकासन्युजसँग भने ।

विगतमा कम्पनीहरुमा बीमालेख सरेन्डर गर्ने दर बढेसँगै एकल बीमालेखमा कडाई गर्दै प्राधिकरणले उक्त व्यवस्था गरेको हो ।

प्राधिकरणले जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै पोलिसी सरेण्डरमा नयाँ व्यवस्था लागू गरेको थियो । यसअघि भने बीमालेख खरिद गरेका बीमितले एक वर्षमै पोलिसी त्याग्न पाउने व्यवस्था थियो ।

कुन कम्पनीमा बढ्यो, कुनमा घट्यो ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.