पिपुल्स हाइड्रोपावरको ओपनिङ्ग रेञ्ज कति ?

  २०७९ मंसिर ११ गते ८:१६     विकासन्युज

काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भइसकेको छ । पिपुल्स हाइड्रोपावरको आईपीओ गत मंसिर ७ गते बुधबार बाँडफाँट सम्पन्न भएको निष्काशन तथा बिक्री प्रबन्धक सनिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले कात्तिक २५ गतेदेखि कात्तिक २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५६ लाख ६ हजार ३९० कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात २ लाख ८० हजार १९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, ३ प्रतिशत अर्थात १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओमा १२ लाख ३० हजार ६०५ जनाको आवेदन परेको थियो जसमध्ये ३ हजार ५४६ जनाको आवेदन विभिन्न कारण रद्द भएको क्यापिटलले बताएको छ । बाँकि रहेका १२ लाख २७ हजार ५९ जना योग्य आवेदकलाई गोलाप्रथा विधिबाट आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिबाट १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको थियो । १० कित्ताका दरले आईपीओ बँँडफाँट गर्दा ५ लाख १५ हजार ७८० जना आवेदकले मात्रै सेयर पाएका थिए भने अन्य आवेदकको हात भने रित्तो भएको थियो ।

कम्पनीको आईपीओ बाँडफाँट भइसकेको हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृतका लागि तयारी भइरहेको बताइएको छ । नेप्सेमा सूचीकृत भएपनीको सेयरले कति मूल्य पाउला भन्ने चासो रहेको छ ।

नेप्सेमा सूचीकृत हुँदा कम्पनीले प्रतिसेयर न्युनतम प्रतिकित्ता १ सय रूपैयाँदेखि अधिकतम ३ सय रुपैयाँसम्म पहिलो कारोबारका लागि मूल्य पाउने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा प्रतिसेयर नेटवर्थ १ सय रूपैयाँ रहेको छ । सोही अनुसार कम्पनीले प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँदेखि अधिकतम ३ सय रुपैयाँसम्म मूल्य पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.