आइएलटिएस परीक्षा सञ्चालन गर्न नायर र ब्रिटिश काउन्सिलबीच सम्झौता

  २०७९ मंसिर ८ गते १४:०५     विकासन्युज

काठमाडौं । नेपलिज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेसन रिप्रिजेन्टेटिभ्स (नायर) र ब्रिटिश काउन्सिलबीच सम्झाैता भएकाे छ । अष्ट्रेलिया गएर पढ्न चाहने विद्यार्थीका लागि आइएलटिएस परीक्षा सुरु गर्न नायरले काउन्सिलसँग सम्झौता गरेको हाे ।

सम्झौता पत्रमा नायरका तर्फबाट अध्यक्ष प्रेम पाण्डे र ब्रिटिश काउन्सिलका कन्ट्री म्यानेजर म्याक्सिम रइमानले हस्ताक्षर गरेका छन् ।

नायर र काउन्सिलबीच आइएलटिएस परीक्षामा कसरी राम्रो अंक ल्याउने भन्ने बारे विद्यार्थीहरुलाई नियमित तालिम र कार्यशाला गोष्ठीहरु गर्ने पनि सहमति भएको छ ।

यस्तै, नायरले स्थापना गरेको अष्ट्रेलियन एजुकेसन इन्फरमेसन सेन्टर (एइआइसी) लाई प्रभावकारी बनाउन पनि ब्रिटिश काउन्सिलले सहयोग गर्ने भएको छ । अष्ट्रेलियाका विश्वविद्यालय, काउन्सिल र शैक्षिक परामर्शदाताहरुले काउन्सिलिङका लागि उक्त सेन्टरको हल प्रयोग गर्न पाउनेछन् ।

विद्यार्थीहरुले सेन्टरमा रहेको पुस्तकालय तथा त्यहाँका ४२ विश्वविद्यालयका सबै पुस्तकालय निशुल्क प्रयोग गर्न पाउनेछन् । विद्यार्थीलाई लक्षित गरी बनाइएका डिजिटल ल्याब, लाइब्रेरीहरुको प्रवद्र्धन गर्न ब्रिटिश काउन्सिलले सहयोग गर्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.