१६ ऋणीले बेवास्ता गरे राष्ट्रिय वाणिज्य बैंकको ऋण चुक्ता, ३५ दिनपछि कालोसूचीमा राख्दै

  २०७९ मंसिर ७ गते ९:०५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिएर चुक्ता नगर्ने ऋणीहरुलाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकले गोरखापत्रमा ऋणीहरुको नाम, ठेगाना लगायतका विवरण सार्वजनिक गरेर ३५ दिन भित्र बैंकबाट लिएको ऋण चुक्ता नगरे कालोसूचीमा राख्ने र अन्य कारवाही गर्ने चेतावनी दिएको हो ।

बैंकका शाखा कार्यालयहरूबाट कर्जा/सुविधा लिई भाखा नाघेका ऋणी, प्रोप्राइटर, सञ्चालक साझेदार तथा जमानतदाताहरूसमेतलाई कर्जा चुक्ता गर्न पत्राचार गर्दा पत्र फिर्ता आउने, कतिपयले बैंकको अनुरोधलाई बेवास्ता गर्ने गरेका छन् । आफूले लिएको कर्जा बापतको रकम चुक्ता गर्नका लागि यो सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्बन्धित शाखा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

यदि सो अवधिमा ऋण चुक्ता नगरे बैंकमा राखेको धितो चलअचल सम्पत्ति लिलाम बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी बैंकले आफ्नो रकम असुल गर्ने बताएको छ । यदि धितो लिलाम गरेर पनि रकम असुल नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन २०५८ र ऐ.नियमावली २०५९ तथा प्रचलित कानून अनुसार बैंकको सम्पूर्ण लेना रकम असुल गरिने बैंकले जनाएको छ ।

बैंकको मुख्य शाखा कार्यालय काठमाडौँबाट कर्जा लिएका आर.अग्रवाल एण्ड एसोसिएटले ऋण लिएको हुँदा चक्ता गर्न आग्रह गरेको हो । यस्तै, शाखा कार्यालय तुलसीपुर दाङबाट पोखरेल ट्रेड सेन्टर, श्री किब्स एग्रो नेपाल प्रा.लि., सम्राट किराना तथा कस्मेटिक पसललाई ३५ दिनभित्र रकम असुल गर्न बैंकले आग्रह गरेको हो ।

यस्तै, शाखा कार्यालय ललितपुरबाट गोदावरी नगरपालिका १० ललितपुरमा रहेको गौरव कृषि फार्र्म, महालक्ष्मी नगरपालिका १ मा रहेको लक्ष्मी फेन्सी स्टोरलाई पनि ताकेता गरेको हो ।

यस्तै, शाखा कार्यालय कलंकीबाट चन्द्रागिरी नगरपालिका २ थानकाटमा रहेको पिलु कर्णली एग्रो मल्टिप्रपोज प्रा.लि. र बिमला महर्जन, शाखा कार्यालय दुहवी सुनसरीबाट दुहवी भलुवा नगरपालिका ४ मा रहेका कृष्ण ट्रेड एण्ड ट्रेडर्स र मनकामना सप्लायर्स र शाखा कार्यालय नक्सालबाट रुझेना ४ बाँके राज कुमार शाहलाई ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको हो ।

यस्तै, शाखा कार्यालय भच्चेक गोरखाबाट सिम्जुङ ९ मा रहेको हिमाली कपडा पसल, अजिरकोट गाउँपालिका ४ मा रहेको ग्रेस ग्रिल उद्योग, घले किराना पसल, मिनु किराना पसल र शाखा कार्यालय पुर्तिघाट गुल्मीबाट कालिगण्डकी गाउँपालिका १ मा रहेको गुल्मी क्षितिज एण्ड अमृत पशु तथा पंक्षी फर्मलाई ऋण चुक्ता गर्न ताकेता गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.