नवलपरासी पूर्वको देवचुलीमा मतपेटिकामा आगजनी

  २०७९ मंसिर ४ गते १७:२०     विकासन्युज

नवलपरासी । नवलपरासी पूर्वको देवचुली नगरपालिका(४ झाँक्रेको एक मतदान केन्द्रमा मतपेटिका आगजनी भएको छ । स्थानीय शान्ति सिर्जना आधारभूत विद्यालय मतदान केन्द्रमा प्रदेशसभातर्फको समानुपातिक पद्धतिको मतपेटिकामा आगजनी भएको हो ।

आगजनी गर्ने देवचुली-४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भण्डारीले तीन वटा मतपत्र खसालीसकेपछि चौथौं अर्थात अन्तिम मतपत्र हाल्ने बेलामा पेटिकामा एसिड हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.