चुनावको दिन बैंक वित्तीय संस्था बन्द, भोलि के हुन्छन् ?

  २०७९ मंसिर ४ गते ११:०४     विकासन्युज

काठमाडौं । आज (आइतबार) देशभरका बै‌कका शाखा तथा काउन्टनरहरु बन्द भएका छन् । आज मतदानको दिन सरकारले सार्वजनिक विदा दिएसँगै बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द भएका हुन् ।

आइतबार जारी प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि भन्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको थियो । त्यसैले पनि बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका हुन् ।

यसअघि गृह मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक संघ संस्थाहरु र निजी कम्पनीलाई पनि दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । योसँगै अतिआवश्यक सेवाको रुपमा लिइएको बैंक तथा वित्तीय संस्था पनि बन्द भएका हुन् ।

अतिआवश्यक सेवाको रुपमा लिइएको बैंक तथा वित्तीय संस्थाहरु आजव बन्द भएका हुन् । हिजो शुक्रबार बैंक तथा वित्तीय संस्थाहरु आंशिक रुपमा मात्रै खुला भएका थिए । अधिकांश बैंकहरुले केही काउन्टर र शाखाहरु बन्द भएका थिए ।

तर, आज भने सबै शाखा तथा काउन्टरहरु बन्द भएका हुन् । अब मंसिर ५ गते बैंक तथा वित्तीय संस्थाहरु खुल्छन् वा बन्द हुन्छन् भन्ने विषय सबैको चासोको रुपमा लिइएको छ। केही बैंकहरु भोलि पनि बन्द हुनेछन् भने अधिकांश बैंक खोल्ने बताइएको छ ।

गत बिहीबार हिमालयन बैंकले सूचना जारी गर्दै मंसिर ४ र ५ गते पूर्ण रुपमा सबै शाखाहरु बन्द रहने जनाएको छ । सो बैंकले ठमेल, न्युरोड र पाटन शाखाहरुमा संचालिन विदाको काउन्टरहरु पनि बन्द रहने बताएको छ ।

यस विषयमा वाणिज्य बैंकको छाता संस्था नेपाल बैंकर्स संघले भने कुनै निर्णय गरेको छैन । बैंकहरुले सरकारको निर्णय अनुसार बैंक खोल्ने/बन्द गर्ने निर्णय गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.