मतपेटिका खोसाखोस भएपछि सिराहामा गोली चल्यो

  २०७९ मंसिर ४ गते १०:४७     विकासन्युज

काठमाडौं । मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले गोली चलाएको छ । दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा मत पेटिका खोसाखोसको अवस्था आएपछि गोली चलेको हो ।

सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा गोली चलेको हो । जनता समाजवादी पार्टी (जसपा) र नेकपा ९एकीकृत समाजवादी० का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले ३ राउन्ड गोली चलाएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका खोसाखोस भएपछि केहीबेर तनाव भएपनि केहीबेर मतदान स्थगितपछि पुन मतदान सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.