गुल्मी क्षेत्र नम्बर–२ र चितवन क्षेत्र नम्बर–१ मा मतदान स्थगित

  २०७९ मंसिर ४ गते ९:३४     विकासन्युज

काठमाडौं । गुल्मी र चितवनको मतदान रोकिएको छ । गुल्मी क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका–५ र चितवन क्षेत्र नम्बर–१ को रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित भएको हो ।

गुल्मी क्षेत्र नम्बर–२ को मालिका गाउँपालिका–५ स्थित मतदान केन्द्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मतपत्र अघिपछि भएको भन्दै विरोध भएपछि मतदान स्थगित भएको हो । मतपत्रको विषयलाई लिएर सत्ता गठबन्धनले नै विरोध गरेको हो ।

यस्तै, सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको दिएपछि चितवन क्षेत्र नम्बर–१ को रत्ननगर नगरपालिका–१४ स्थित द्वाारिकादास मावि मतदान केन्द्रमा १८ मत खसेपछि मतदान स्थगित गरिएको हो । चितवन क्षेत्र नम्बर–१ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले अब फेरि सर्वदलीय बैठक बसेर मतदान गराउने प्रक्रिया अगाढि बढाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.