७०% बढी मत खस्छ, ८ बजेदेखि नै मत गणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपिलया

  २०७९ मंसिर ४ गते ८:२१     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् ।

प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका निर्वाचन अधिकृतहरूलाई आग्रह गरेका छन् । थपलियाले मतदान केन्द्रहरू अपांगमैत्री बनाइएको समेत बताएका छन् ।

थपलियाले यसपटकका निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मत खस्ने सम्भावना रहेको बताए । २ दिन बिदा भएकाले पनि मतदानमा नागरिकहरू उत्साहित भएको उनको धारणा छ ।

बेलुका मतदान सकिनेबित्तिकै सबै मतदानकेन्द्रहरूबाट मतपेटिका संकलन गरिने र आज बेलुका ८ बजेदेखि नै मतगणना सुरु हुने उनले बताए । त्यस्तै अबको ८ दिनभित्र प्रत्यक्षतर्फको सबै मतगणना सक्ने उनको भनाइ छ ।

प्रमुख आयुक्त थपिलयाले लोकन्थली, भक्तपुरस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रबाट आफ्नो मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.