रुसको साखालिन क्षेत्रमा ग्यास विस्फोट हुँदा सात जनाको मृत्यु

  २०७९ मंसिर ३ गते १६:४०     विकासन्युज

एजेन्सी । रुसको सुदूर पूर्वीसखालिन क्षेत्रको टिमोभस्कोए गाउँमा शनिबार बिहान एउटा आवासीय भवनमा भएको ग्यास विस्फोटमा तीन बालबालिकासहित सात जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएका छन् ।

सखालिन क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले उद्धारकर्ताले अझै तीन जनाको खोजी गरिरहेको बताएका छन् । स्थानीय सरकारले सामाजिक सञ्जालमा उल्लेख गरेअनुसार अनुचीत भण्डारण र घरेलु प्राकृतिक ग्यास ट्याङ्कीको प्रयोगले विस्फोट गराएको बताएको छ ।

मस्को समयअनुसार बिहान ५ बजे उक्त विस्फोट भएको र भवनका केही भागमा क्षति पुगेको रुसको सरकारी समाचार एजेन्सी तासले स्थानीय आपतकालीन सेवालाई उद्धृत गर्दै जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.