एनआईसी एशियाका ग्राहकले अनलाइनबाटै केवाइसी विवरण अपडेट गर्न सक्ने

  २०७९ मंसिर १ गते १७:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले भिडियोबाटै ग्राहकहरूको केवाइसी विवरण अपडेट गर्न सकिने सेवा ल्याएको छ ।

बैंकको अनुसार घर वा अफिसबाटै आफ्नो खाताको केवाइसी विवरण अपडेट गर्न सकिने यस नयाँ सुविधाको प्रयोग गर्न ग्राहकहरूले बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेसन ट्याब गरी इकेवाइसी छनौट गर्नुपर्नेछ ।

त्यसपछि, ग्राहकले त्यसमा आफ्नो खाता नम्बर तथा केवाइसी अपडेटको कारण उल्लेख गरी ओटिपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुवै विकल्प छनौट गरी सब्मिट गर्नुपर्नेछ ।

त्यसपछि ग्राहकहरूले आफ्नो व्यक्तिगत विवरणहरू भरी भिडियो कलमार्फत केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् वा बैंकिङ्ग समयमा भिडियो कलको लागि अपोइन्टमेन्ट बुक गरी सो समयमा केवाइसी विवरण अपडेटगर्न सक्नेछन् ।

बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकको लागि अनलाईनबाट उक्त विवरण अपडेट गर्न सकिने भिडियो केवाइसी सेवाको सुरुवात गरिसकेको छ ।

ग्राहकहरूले भिकेवाइसीको लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता/पासपोर्ट/ड्राइभिङ लाइसेन्स/मतदाता परिचय पत्र) तथा सेतो कागज र कालो/निलो मसी भएको पेन आफूसँग राखी बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो कल मार्फत देखाउनु पर्नेछ ।

यसरी भिकेवाइसी मार्फत केवाइसी विवरण अपडेट गरे पश्चात् ग्राहकले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नेछन् ।

एनआईसी एशिया बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जालमार्फत सेवा दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.