सूर्या लाईफको साधारणसभाले पारित गर्यो मर्जरको प्रस्ताव

  २०७९ कार्तिक २९ गते ११:४३     विकासन्युज

काठमाडाैं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीकाे चाैधाैं वार्षिक साधारणसभाले मर्जरमा जाने प्रस्ताव पारित गरेकाे छ । सभाले ज्योति लाइफ इन्स्योरेन्ससँग सेयर अनुपात १ : ०.८२४५ मर्जरमा जाने प्रस्ताव पारित गरेकाे हाे ।

दुई कम्पनी एक आपसमा गाभिए पश्चात् जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी’ रहनेछ ।

सभाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय विराटनगर महानगरपालिका ७ तथा कर्पोरेट कार्यालय काठमाडाैं महानगरपालिका वडा नं. ३०, ज्ञानेश्वरमा राख्ने प्रस्ताव पनि पारित गरेकाे छ ।

साधारणसभाले संचालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/७८ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणहरुको साथै आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेकाे छ ।

त्यसैगरी, आर्थिक वर्ष २०७७/०७८ मा सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको आर्थिक सहायता रकम १० लाख ४४ हजार ४९९ रुपैयाँको कम्पनी ऐनमा भएको व्यवस्था बमोजिम अनुमोदन समेत गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.