लिभरपुर फुटबल क्लब किन्ने दौडमा भारतीय धनाड्य मुकेश अम्बानी

  २०७९ कार्तिक २७ गते १७:५३     विकासन्युज

एजेन्सी । भारतका दोस्रो धनी व्यक्ति र रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले छिट्टै इङ्लिस प्रिमियर लिगको पौराणिक फुटबल टोली किन्न सक्ने जनाइएको छ । द मिररको रिपोर्ट अनुसार मुकेश अम्बानी लिभरपुल फुटबल क्लब किन्न दौडमा रहेका छन् ।

लिभरपुल एफसी ३८ हजार करोडमा बिक्री हुन सक्ने
रिपोर्टका अनुसार लिभरपुल एफसीको स्वामित्वमा रहेको फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले क्लब बेच्ने तयारी सुरु गरेको छ । एफएसजीले लिभरपुल एफसीलाई बेच्न ४ अर्ब पाउण्ड अर्थात ३८ हजार करोड रुपैयाँ मूल्य राखेको छ । अम्बानीले फुटबल क्लब किन्न सो रकम तिर्नुपर्नेछ । रिपोर्टमा मुकेश अम्बानीले लिभरपुल क्लब किन्न इच्छुक रहेको दाबी गरिएको छ ।

अम्बानीको खेलकुदमा रुचि
अम्बानीको कुल सम्पत्ति ७.६ लाख करोड रुपैयाँ बराबर रहेको छ । उनको खेलकुदमा निकै रुचि रहेको छ । त्यसैले एफसी खरिद गर्नको लागि उनले सजिलैसँग पैसा खर्च गर्नसक्ने अनुमान गरिएको छ । इङ्ल्यान्डको लोकप्रिय फुटबल टिम लिभरपुललाई खरिद गर्न अम्बानीले मध्यपूर्व र अमेरिकाका धेरै खरिदकर्तारुसँग प्रतिस्पर्धामा जित हासिल गर्नुपर्नेछ ।

अम्बानी सन् २०१० मा पनि लिभरपुल किन्न चाहन्थे
अम्बानीले यसअघि सन् २०१० मा सहारा इन्डियाका अध्यक्ष सुब्रत रोयसँग मिलेर लिभरपुललाई किन्ने प्रयास गरेका थिए, तर त्यो सफल हुन सकेन। त्यसपछि फेनवे स्पोर्ट्स ग्रुपले लिभरपुल क्लबलाई अधिग्रहण गर्यो। रिपोर्टका अनुसार इन्भेष्टमेन्ट बैंकिङ फर्म गोल्डम्यान स्याक्स र वित्तीय सेवा फर्म मोर्गन स्टेनलीलाई अब फुटबल टोली बेच्न मद्दत गर्न नियुक्त गरिएको छ ।

भारतमा धेरै लोकप्रिय अंग्रेजी प्रिमियर लिग
रिपोर्टका अनुसार रिलायन्सका अध्यक्ष एसिया महादेशको सबैभन्दा सफल क्लब मध्येको एक लिभरपुललाई थप बलियो बनाउन टोलीमा लाखौं डलर लगानी गर्न इच्छुक छन्। क्रिकेटसँग लगातार लडाइँ गर्नु परे पनि भारतमा फुटबल सधैँ लोकप्रिय रहेको छ।

इङ्लिस प्रिमियर लिग पनि भारतीय फ्यानहरूमाझ निकै लोकप्रिय रहेको छ। लिभरपुल सबैभन्दा धेरै फ्यानहरु भएको क्लब हो । अम्बानीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा खेल्ने टोलीहरू मध्ये एक ‘मुम्बई इन्डियन्स’ किनेपछि विश्वको सबैभन्दा खेल समूहको मालिक भनेर परिचित भएका थिए ।

हाल रिलायन्ससँग तीनवटा टी–२० टोली छन्
रिलायन्स कम्पनीसँग पहिले नै ३ देशमा तीनवटा टी–२० टोली छन् । यसमा बीसीसीआईको आईपीएल, एमिरेट्स क्रिकेट बोर्डको यूएई टी-२० लिग र क्रिकेट दक्षिण अफ्रिकाको टी-२० लिग रहेका छन् । भास्कर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.