प्रभु बैंकका भिसा कार्ड भएकाले १८० देशबाट सजिलै खातामा पैसा पाउन सक्ने

  २०७९ कार्तिक २५ गते १५:३२     विकासन्युज

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ ।

यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेबिट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ ।

यस सेवा अन्तर्गत् भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटिएम मार्फत् यस बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नं‍म्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.