मिथिला लघुवित्तको नाफासँगै ईपीएस घट्यो, अन्य सूचक कस्ता छन् ?

  २०७९ कार्तिक २५ गते ८:५६     विकासन्युज

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ७८.५९ प्रतिशत घटेर ४२ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ९९ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.६४ प्रतिशत घटेर २ करोड ३१ लाख  रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.४५ प्रतिशत घटेर २ करोड ४१ लाख रुपैयाँ, सञ्चालन मुनाफा ७७.२५ प्रतिशत घटेर ५३ लाख रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५ प्रतिशत बढेर १७ करोड रुपैयाँ, जगेडा कोष ७.२१ प्रतिशत बढेर १६ करोड ८ लाख रुपैयाँ,.सापटी १७.२९ प्रतिशत बढेर १ अर्ब २६ करोड ६७ लाख रुपैयाँ, निक्षेप ३६.१५ प्रतिशत बढेर ७४ करोड ६ लाख रुपैयाँ र कर्जा २१.७५ प्रतिशत बढेर २ अर्ब २४ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ४१ पैसा घटेर १० रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ३७ पैसा रहेको छ । लघुवित्तको खराब कर्जा ४.९७ प्रतिशत र कस्ट अफ फण्ड १५.५१ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.