१४ प्रतिशत लाभांश पारित गर्दै लक्ष्मी क्यापिटल

  २०७९ कार्तिक २५ गते ७:३३     विकासन्युज

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको चौधौं वार्षिक साधारण सभा कात्तिक २७ गते हुँदैछ । कम्पनीको सभा लक्ष्मी बैंक लिमिटेड, हात्तिसार, काठमाडौंमा बिहान ११ बजे हुनेछ । कम्पनीको असोज ४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीको सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गर्नेछ ।

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र सभामा आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरी पारित गर्नेछ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.