यस्तो छ कुमारी बैंकको २२ औं साधारण सभाको माइन्युट

  २०७९ कार्तिक २४ गते १५:०९     विकासन्युज

काठमाडौं । कुमारी बैंकले आफ्नो २२ औं वार्षिक साधारण सभाको माइन्यूट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पठाएको छ । बैंकको कात्तिक २१ गते सम्पन्न २२ औं वार्षिक साधारण सभा बिहीबार नेप्सेलाई पठाएको हो ।

बैंकको सभाले १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, एनसीसी बैंकसँग मर्जरमा जाने प्रस्ताव सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

बैंकको सभामा ५३.९७ प्रतिशत उपस्थित थिए । जसमा सेयरधनी स्वयम ४८४ जना र प्रतिनिधि मार्फत् ५३० जना गरी कूल १ हजार १४ जना सेयरधनी सभामा उपस्थित थिए । सभाको अध्यक्षता बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाले गरेका थिए ।

साधारण सभामा २१ जना सेयरधनीहरुले आफ्नो धारणा राखेका थिए भने सुझाव पनि राखेका थिए । सभामा बैंकको आफ्नै भवन निर्माण गर्नुपर्ने देखि मर्जर प्रक्रियामा सचेत भएर काम गर्न सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.