डोटीमा भूकम्प जाँदा ६ जनाको मृत्यु, ५ जना घाइते, हेलिकोप्टरमार्फत उद्धार गरीने

  २०७९ कार्तिक २३ गते ७:०३     विकासन्युज

काठमाडौं । डोटी केन्द्रबिन्दु बनाएर गएराती भूकम्प गएको छ । भुकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पका कारण पूर्वीचौकी गाउँपालिकाका भौतिक संरचना भत्किँदा ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिएकी छिन् ।

भूकम्पका कारण घर भत्किँदा घाइते भएकाहरूको उद्धार पनि भइरहेको उनले बताइन् । साथै घाइतेको अवस्था हेरी हेलिकोप्टरमार्फत उद्धार गरी सुविधा सम्पन्न अस्पताल पठाउने तयारी रहेको उनको भनाइ छ ।

पूर्वीचौकी गाउँपालिका केन्द्रबाट ३ घण्टा पैदल दूरीमा रहेको गौरागाउँमा भूकम्पका कारण केही घरहरू भत्किएका हुन् । डोटीका अन्य क्षेत्रमा पनि भौतिक संरचनामा असर परेको भए पनि मानवीय क्षतिको भने विवरण भने आएको छैन ।

डोटीलाई नै केन्द्रबिन्दु बनाएर मङ्गलवार राती २ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

One comment on "डोटीमा भूकम्प जाँदा ६ जनाको मृत्यु, ५ जना घाइते, हेलिकोप्टरमार्फत उद्धार गरीने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.