प्रतिकित्ता १ सयमा राधी बिद्युतले कार्तिक २९ देखि सेयर बिक्री गर्दै

  २०७९ कार्तिक २२ गते ८:१०     विकासन्युज

काठमाडौं । राधी बिद्युत कम्पनीले अवितरित हकप्रद सेयर कार्तिक २९ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको बिक्री हुन बाँकी रहेको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने जनाएको हो ।

कम्पनीले यसअघि असोज ५ गतेदेखि असोज २५ गतेसम्म बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ५ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।

कम्पनीको उक्त सेयरमा लगानीकर्ताले कार्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । उक्त सेयरमा लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.