कार्बन डाइअक्साइडबाट प्लास्टिक बनाउन सकिने, जलवायु परिवर्तनको असरलाई रोक्न सकिने

  २०७९ कार्तिक २० गते १७:३३     विकासन्युज

एजेन्सी । प्लास्टिक हाम्रो वातावरण को लागी एक प्रमुख समस्याको रुपमा विकास भएको छ । अहिलेको अवस्थामा झण्डै ७.२५ ट्रिलियन टन प्लास्टिक जमिन र समुद्र मा रहेको अनुमान गरिएको छ । प्लाष्टिकको अर्को पक्ष पनि रहेको छ । तर, यसको अर्को पक्ष पनि छ, २० औं शताब्दिमा प्लाष्टिको सहायताले मानवीय जीवनमा ठूलो परिवर्तन ल्याइदिएको थियो ।

प्लाष्टिकको बिना सिनेमा तथा संगितको रेकर्ड सम्भव छैन् । आधुनिक औषधिहरू पूर्णतया प्लास्टिकमा निर्भर छन्। ब्लड बैंक र सुईमा पनि यसको अधिकतम प्रयोग गरिन्छ । सवारीसाधनदेखि हवाइजहाजसम प्लाष्टिकको प्रयोगमार्फत निर्माण हुन्छ । यसका साथै कम्प्युटर, फोन र अन्य इन्टरनेट सम्बन्धी प्रविधिका लागि प्लास्टिकको व्यापक प्रयोग हुन्छ।

अहिले प्लाष्टिक बनाउनको लागि इन्धनको प्रयोग गरिन्छ । जलाउने क्रममा ठूलो मात्रामा कार्बन डाइअक्साइडको उत्पादन हुन्छ । जुन हरितगृह ग्यासमा रुपान्तरण भएर जलबायु परिवर्तनमा भूमिका निर्वाह गर्छ । के कार्बन उत्सर्जन बिना प्लाष्टिक निर्माण गर्न सम्भव छ ?

नयाँ प्रविधिबाट कार्बनडाइअक्साइडलाई प्लास्टिकमा रूपान्तरण गर्न सम्भव छ । नयाँ प्रविधिमार्फत कम कार्बन उत्सर्जन गरेर प्लाष्टिक उत्पादन गर्न सकिन्छ । सो सम्बन्धी बैज्ञानिक पाटोलाई बुझ्न जरुरी छ ।

प्लास्टिक सिंथेटिक पोलिमर हो । यसमा लामो अणुहरू पटक–पटक दोहोर्याएर एक आपसमा जोडिएका हुन्छन् । बेलायतको सेन्टर फर कार्बन डाइअक्साइड युटिलाइजेशनका अनुसन्धानकर्ताहरूले नाइलन बनाउने तरिका पत्ता लगाएका छन्। यी एक प्रकारका पोलीपर हुन्, जसलाई पोलिक्राइलामाई भनिन्छ र तिनीहरू कार्बन डाइअक्साइडबाट बनेका हुन्छन्।

सेन्टर फर कार्बन डाइअक्साइड युटिलाइजेसनका डाइरेक्टर भन्छन्, ‘कार्बन डाइअक्साइडबाट नायलन बनाउन अनौठो लाग्छ, तर हामीले यो गरेका छौं ।’ उनी भन्छन्, ‘इन्धनलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्नुको सट्टा तपाईले कार्बनडाइअक्साइडमा केही रसायन थपेर प्रयोग गर्न सक्नुहुन्छ, यसले सम्पूर्ण पेट्रोकेमिकल क्षेत्रमा ठूलो फरक पार्छ ।’

धेरै जसो कार्बन डाइअक्साइड उत्सर्जनबाट मात्रै आउँदैन, रासायनिक प्रक्रियाहरूमार्फत पनि उत्पादन गर्ने गरिन्छ । तर अन्वेषकहरूले कारखानाबाट उत्सर्जित कार्बन डाइअक्साइड नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

ग्यासमा सुत्न सकिने विषय
कार्बन डाइअक्साइडबाट प्लास्टिक बनाउन वैज्ञानिकहरूले धेरै उत्प्रेरकहरू प्रयोग गर्नुपर्छ, जसले रासायनिक प्रतिक्रियाहरूलाई गति दिने काम गर्छ । जर्मनीको कोभेस्ट्रो पेट्रोकेमिकल ग्रुपले २० प्रतिशत कार्बन भएको गद्दा बनाएको छ ।

बैज्ञानिकहरुले एक उत्प्रेरक सिर्जना गरेका छन् जसले कार्बन डाइअक्साइड र अन्य यौगिकहरू बीचको प्रतिक्रियालाई पोलीयुरेथेन भनिने समूह सिर्जना गर्दछ । यही सामग्री गद्दा बनाउन र फ्रिजको इन्सुलेसन बनाउन समेत प्रयोग हुन्छ ।

विश्वभर १५ मिलियन टन भन्दा बढी पलियुरेथेनको प्रयोग गरिन्छ। तसर्थ, कार्बन डाइअक्साइड प्रयोग गरी कच्चा पदार्थ बनाउन धेरै फाइदा हुन्छ । यो प्रविधिबाट कार्बन उत्सर्जन कम हुनसक्छ ।

सफा हावा
विश्वभरका वैज्ञानिकहरूले कार्बन डाइअक्साइड प्रयोग गरेर विभिन्न प्रकारका प्लास्टिकहरू बनाउँदैछन्। बेलायतमा आधारित पोलियुरेथेन निर्माता आइकोनिकले आगामी दुई वर्षमा फोन उत्पादन गरेर बजारमा ल्याउने महत्वकांक्षा राखेको छ ।

नयाँ प्रविधिबाट बनाइएका यी नयाँ सामग्री गुणस्तरमा प्लास्टिकजस्तै रहेको कम्पनीको सेल्स लेट लिड टेलरले बताए । उनी भन्छन्, ‘यसमा आगो लाग्दैन, स्क्र्याच हुँदैन, हामीले पायका छौं की हामीले सामग्री कयौं विषयमा उत्तम छन् ।’

इकांनिटको अनुमान यो छ की कुल पोलियोल ३० प्रतिशत कार्बन अक्साइडबाट बनेको हुन्छ । यसो गर्दा ९० मिलियन टन कार्बन उत्सर्जन कम गर्न सकिन्छ । कार्बन डाइअक्साइडको लागत पनि प्रोपाइलिन अक्साइडको आधा कम हुने गर्छ ।

भविष्यका सम्भावनाहरू
यसबाहेक वैज्ञानिकहरूले कार्बन डाइअक्साइडबाट यस्ता पोलिकार्बोनेटहरू बनाउँदैछन्, जसबाट कन्टेनर र बोतलहरू बनाउन सकिन्छ। यसमा कफीबाट निकालिएको जाइलोज मिसाइएको हुन्छ ।

यी चिनीमा आधारित उत्पादनहरूको लागि पहिलेका उत्पादनहरू भन्दा प्रयोग गर्न सुरक्षित रहेको मानिन्छ । यसबाहेक कार्बनडाइअक्साइडबाट इथाइलिन बनाउने प्रयास पनि भइरहेको छ । विश्वको आधा प्लास्टिक इथिलिनबाट बनेको छ र यो सबैभन्दा महत्त्वपूर्ण कच्चापदार्थ हो ।

बेलायतको सावनसी विश्वविद्यालयका प्रोफेसर एनरिको एन्ड्रिओलीले इथिलीनलाई उत्प्रेरक बनाउने प्रयास गरिरहेका छन्। कार्बनडाइअक्साइडसँगै पानी र बिजुली प्रयोग गरेर इथिलीन बनाइन्छ।

कार्बनडाइअक्साइडबाट बनेको पोलिथीनलाई ठूलो मात्रामा प्रयोग गर्न गर्न २० वर्षभन्दा बढी समय लाग्न सक्छ। तर प्रोफेसर एनरिको एन्ड्रिओली यसका लागि पहल गर्नुपर्ने बताउँछन् । ‘३० देखि ४० वर्षपछि हामी इन्धनबाट इथाइलिन बनाउन सक्षम हुने छैनौं। त्यसैले हामीले अन्य तरिकाहरू खोज्नुपर्छ ।’

बायोप्लास्टिक समस्याको समाधान हो की समस्या ?
प्लास्टिक योजनाका केही बेफाइदाहरू पनि छन् । पछिल्लो समय बायोप्लास्टिकको विषयमा धेरै समाचारहरु आएका छन् । प्रायः दावी गरेजस्तो चाँडो नष्ट नहुने बताइन्छ । कार्बन उत्सर्जनको हिसाबले पनि धेरै कार्बन वायुमण्डलमा जान्छ, किनभने बाली काट्नेदेखि कच्चा पदार्थ प्रशोधन गर्ने प्रक्रिया अहिले प्रयोग गरिएको प्लास्टिक भन्दा लामो छ। अर्थात्, कार्बनडाइअक्साइडको सहायताले बनेको प्लाष्टिकले धेरै समस्याको समाधान गर्न सक्छ, तर सबै समस्याको समाधान यही हो भन्नु गलत हुनेछ । बीबीसीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.