इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, कतिले पाए १० कित्ता ?

  २०७९ कार्तिक १७ गते १०:३१     विकासन्युज

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।

कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख २५ हजार १९० कित्ता सेयर शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकले आवेदन दिएका थिए । तर १ हजार ९९६ आवेदन विभिन्न कारणले रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन मात्रै सदर भएको छ । कम्पनीमा १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सेयरका लागि आवेदन परेको थियो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गर्दा ६२ हजार ५१९ आवेदकले मात्रै सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.