लगातार तेस्राे दिन पनि बढ्याे नेप्से, शिवमको सर्वाधिक कारोबार

  २०७९ कार्तिक १६ गते १५:१७     विकासन्युज

काठमाडौं । चाडवाडपछि कारोबार खुलेको तेस्रो दन पनि सेयर बजार बढेको छ । नेपाल स्टक एकस्चेन्जको अनुसार बुधबार सेयर बजार ७.३२ अंकले बढेर १९३८.३० विन्दुमा पुगेको छ ।

यसरी सेयर बजार बढ्दा बुधबार सबैभन्दा बढि कारोबार शिवम् सिमेन्टको भएको छ भने कर्पोर्ट डेभलपमेन्ट बैंकको सबैभन्दा बढी अंकले सेयर मूल्य बढेको छ ।

बढेको बजारमा नेप्सेको १३ सूचक मध्ये बैंकिङ, ट्रेडिङ र नन लाइफ इन्स्योरेन्सबाहेक सबै सूचक हरियो देखिएको छ । नेप्सेको अनुसार बुधबार४३ लाख ४६ हजार ७०८ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.