काठमाडौं उपत्यकाका उम्मेदवारका लागि भुगोल पार्क मेला हुने

  २०७९ कार्तिक १४ गते १५:३४     विकासन्युज

काठमाडाैं । नेपालमा पहिलो पटक काठमाडौं उपत्यकाका उम्मेदवारहरूका लागि भुगोल पार्क उम्मेदवार मेला हुने भएकाे छ । यही कात्तिक १६ गते बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा उक्त मेला हुने भएकाे हाे ।

भुगोल पार्क उम्मेद्वार मेलामा ४ मंसिर २०७९ मा हुने संघीय निर्वाचनमा उम्मेदवार हुने सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।

उम्मेदवार मेलामा मंसिर ४ गते हुने संघीय निर्वाचनमा उम्मेदवार रहने दल तथा स्वतन्त्र उम्मेदवारहरूको सहभागिता रहने अपेक्षा गरिएको भूगोल पार्कले जनाएको छ । आयाेजककाे अनुसार सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहकाे छ ।

मेलामा निष्पक्षरूपमा उम्मेदवारहरूको अभियान, प्रत्यक्ष अन्तरक्रिया, प्रेस सम्मेलन, तत्काल बहस र नेटवर्किङको लागि विशेष टेन्ट क्यानोपीहरू हुने र उम्मेदवारहरूका लागि ‘पहिले आउने पहिलो सेवा’का आधारमा करिब २५ वटा क्यानोपी राखिएको आयोजक संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.