टेस्ला माथि आपराधिक अनुसन्धान, ‘अटोपाइलट’ मा घातक र झुटाे विज्ञापन

  २०७९ कार्तिक ११ गते १६:३०     विकासन्युज

काठमाडौं । विश्वको नम्बर वान ब्राण्ड बनेको ‘टेस्ला’ गाडीको उत्पादक कम्पनी टेस्ला इन्कर्पोरेशन माथि संयुक्त राज्य अमेरिकामा आपराधिक अनुसन्धान शुरु गरेको छ । कम्पनीको इलेक्ट्रिक सवारीहरू आफैं चलेर दुर्घट्ना भएको भन्दै तीन जना अनुभवी प्रयोगकर्ताहरुले गरेको दावीका आधारमा यस्तो अनुसन्धान शुरु गरिएको हो ।

गत वर्ष एक दर्जन भन्दा बढी टेस्लाका गाडीहरु दुर्घटनामा परेपछि अमेरिकी न्याय विभागले अनुसन्धान थालेको थियो । टेस्लाको ड्राइभर सहायता प्रणाली ‘अटोपाइलट’ मा केही घातक बस्तु प्रयोग गरिएको र गाडी दुर्घटनाका बेलामा ती बस्तु सक्रिय हुने गरेको आशंका गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

गत हप्ता मात्र मस्कले टेस्लामा चाँडै नै “फुल सेल्फ–ड्राइभिङ’’ सफ्टवेयरको अपग्रेड गरिने बताएका थिए । त्यसपछि कानुनको पालना गर्न मात्र गाडीको ड्राभिङ सिटमा मान्छे बस्नु पर्ने तर गाडी गुड्न ड्राइभरको कुनै भूमिका नहुने, कार आफै गुड्ने बताएका छन् ।

कम्पनीका मालिक तथा प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले टेस्लामा प्रयोग भएको ‘अटोपाइलट’ लाई मानव चालक भन्दा ‘सम्भवतः राम्रो’ भनेर बताएका छन् । सन् २०१६ मा आयोजित टेस्ला मार्केटिङ सम्मेलनमा मास्कले यस्तो व्याख्या गरेको थिए ।

एलाेन मस्क

टेस्ला टेक्नोलोजी स्टेयरिङ, ब्रेकिङ, गति र लेन परिवर्तनहरूमा सहयोग गर्न डिजाइन गरिएको हो तर यसको सुविधाहरूले “गाडीलाई स्वायत्त बनाउन होइन’’ कम्पनीले आफ्नो वेबसाइटमा लेखेको छ । तर टेस्लाले यो पनि भनेको छ कि चालकले आफ्नो हात सधैं स्टेरिङमा राख्नुपर्छ, ताकि सम्भावित दुर्घटनाबाट बच्न सकियोस् ।

न्याय विभागले थालेको अनुसन्धानबारे एलोन मस्कले सञ्चार माध्यमहरुसँग बोल्न मानेका छैनन् । टेस्लाको सञ्चार विभागले सन् २०२० पछि सञ्चार माध्यमले सोधेका जिज्ञासामा जवाफ दिन छोडेको पनि समाचारमा उल्लेख छ ।

अगस्ट २०२१ मा अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले दुर्घटनाहरूको शृङ्खलाको अनुसन्धान पनि खोलेको छ । त्यसमा पनि टेस्लाको अटोपाइलत सिस्टममाथि शंका गरिएको छ ।

यस वर्षको जुलाईमा क्यालिफोर्नियाको साधन विभागले पनि टेस्लामा अटोपाइलट र पूर्ण स्व–ड्राइभिङ क्षमता छ भनी झूटो विज्ञापन भैरहेको आरोप लगाएको थियो । टेस्लाले उक्त आरोपको विपक्षमा अदालत जाने र त्यसको लागि कागजी प्रमाण जुटाइरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.