तीन महिनामा मेगा बैंकको वित्तीय अवस्था कस्तो छ ?

  २०७९ कार्तिक ७ गते ८:२५     विकासन्युज

काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४४.३३ प्रतिशत घटेको छ । बैंकले तीन महिनामा ५० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९१ करोड ४६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.६० प्रतिशत बढेर १ अर्ब ७९ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ७.५६ प्रतिशत बढेर २ अर्ब ३ करोड रुपैयाँ, सञ्चालन मुनाफा ४५.९९ प्रतिशत घटेर ७० करोड ५९ लाख रुपैयाँ र खुद फि कमिसन आम्दानी ३६.५६ प्रतिशत घटेर ११ करोड ५६ लाख रुपैयाँ रहेको छ । बैंकको असोज मसान्तसम्ममा मेगाको वितरणयोग्य मुनाफा १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६१ पैसा घटेर ११ रुपैयाँ ६३ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.२३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१.८८ रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पूँजी १६ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष ६.७९ प्रतिशत बढेर ६ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप १.१० प्रतिशत बढेर १ खर्ब ५५ अर्ब १६ करोड रुपैयाँ र कर्जा २.९९ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.