कुमारी बैंकको नाफा १ अर्बभन्दा बढी, अधिकांश सूचकमा अब्बल

  २०७९ कार्तिक ७ गते ७:५९     विकासन्युज

काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकले ३ महिनाको अवधिमा १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत बढेर १ अर्ब ९७ करोड २२ लाख ६१ हजार रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत बढेर २६ करोड ५७ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत बढेर २ अर्ब ३८ करोड २२ लाख ३९ हजार रुपैयाँ र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेर १ अर्ब ४३ करोड १३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । कुमारी बैंकको वितरण योग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ६.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष १५.४४ प्रतिशत बढेर ७ अर्ब २६ करोड २१ लख २० हजार रुपैयाँ, कर्जा २.१४ प्रतिशत बढेर १ खर्ब ५५ अर्ब ८२ करोड रुपैयाँ र निक्षेप १.५८ प्रतिशत घटेर १ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.