१५ दिनपछि खुल्यो कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड

  २०७९ कार्तिक ६ गते १३:५२     विकासन्युज

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत नाग्म–गमगढी राजमार्ग पुनः सञ्चालनमा आएको छ । उक्त सडक पहिराका कारण गत असोज तेस्रो सातादेखि अवरुद्ध थियो ।

सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको हो । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा पहिरोले सबैभन्दा बढी क्षति पूर्याएको थियो । सो गाउँपालिकाको बाजागाडादेखि भूगोलपाटसम्म करिब आठ किलोमिटर क्षेत्रमा ठाउँ ठाउँमा पहिराले क्षति गरेको थियो । सो पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको हो ।

नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटर क्षेत्रमा पहिरो पन्छाएको कार्यालयका इन्जिनियर गणेश भक्रीले बताए । हिमा गाउँपालिकाको बुअ पाखा, बाजागाडा, बड्की, देवारगाउँ, आचार्य लिहीमा र कनकासुन्दरीको जिअ भिड, मुगुको झ्यारी, ताल्चामा पहिरो हटाइएको छ । थप मर्मतको काम जारी छ । सडक सञ्चालनमा आएपछि बाह्य तथा आन्तरिक पर्यटकलाई रारा ताल पुग्न सहज भएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.