प्रतितोला १५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

  २०७९ कार्तिक ६ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार ५०० रुपैयाँले र चाँदी ४५ रुपैयाँले बढेको हो ।

आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र चाँदी १ हजार २१५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.