जोरपाटीमा साथीमार्टको ११५ औं आउटलेट

  २०७९ कार्तिक १ गते १२:१८     विकासन्युज

काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टको ११५ औं आउटलेट जोरपाटीको आरुबारी चोकमा सञ्चालनमा आएको छ । रुपेश थिङले सञ्चालनमा ल्याएको उक्त आउटलेट ७ सय ५० स्वायरफिट क्षेत्रफलमा फैलिएको छ ।

आउटलेट खोल्नुको मुख्य उद्देश्य ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने रहेको रुपेशले बताए । ‘राष्ट्रिय स्तरको रिटेल चेनसँग जोडिएर लोकल लेभलमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले नै यो आउटलेट सञ्चालनमा ल्याएका हौँ,’ उनले भने, ‘रिटेल चेनको क्षेत्रमा साथीमार्टसँग हातेमालो गर्दै यस क्षेत्रलाई अझ व्यवस्थित र विकास गर्ने योजना छ ।’

यस आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइटमा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा मगाउन सक्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.