देउवाको उम्मेदवारी कायमै राख्ने आयोगको फैसला

  २०७९ असोज २५ गते १७:०७     विकासन्युज

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय गरेको आयोगले जनाएको छ ।

मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले उजुरी दिएका थिए ।

प्रतिनिधि सभा सदस्यमा डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ रहेको छ भने मतदाता नामावलीमा भने ३१ जेठ २००२ लेखिएको पाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.