मेडिकल व्यवसायी दुर्गा प्रसाई स्वतन्त्रबाट चुनाव लड्न लागेका हुन् ?

  २०७९ असोज २३ गते १५:४९     विकासन्युज

काठमाडौं । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाइ अहिले पनि चर्चामा छन् । विभिन्न समयमा विभिन्न काम तथा अभिव्यक्तीबाट चर्चामा आइरहने प्रसाई यस पटक भने चुनावको विषयमा बोलेर सामाजिक सञ्जालमा चर्चामा छन् ।

यसअघि नेकपा एमालेले टिकट दिएर प्रतिनिधिसभाको चुनाव लड्ने बताउने उनी एमालेले टिकट नदिएपछि भने उनी स्वतन्त्रबाट लड्न सक्ने आँकलन धेरैले गरेका छन् । केही यूटुब च्यानलसँग कुरा गर्दै उनले आफु स्वतन्त्रबाट चुनाव लड्न सक्ने संकेत गरेका छन् भने आफु एमालेको हली बन्न नसक्ने सम्मको धारणा  समेत दिएका छन् ।

उनको यो अभिव्यक्तीले पनि उनी स्वतन्त्रबाट चुनाव लड्ने हुन् की भन्ने आशंका धेरैको छ । तर, व्यवसायी प्रसाईले भने आफु चुनाव नलड्ने धारणा राखेका छन् । उनले अहिले आफ्नो चुनाव लड्ने चाहना र मनसाय पनि नरहेको स्पष्ट पारेका हुन् । साथै, उनी एमाले अध्यक्ष केपी शर्माकाे उम्मेदवारी दर्ता कार्यक्रममा पनि सहभागी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.