बाबुराम बने प्रचण्डको उम्मेद्वारीको प्रस्तावक

  २०७९ असोज २३ गते १५:४५     विकासन्युज

गोरखा। डा. बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उम्मेद्वारीको प्रस्तावक बनेका छन् । अध्यक्ष प्रचण्ड डा. भट्टराइको प्रस्ताव र नेकपा(माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बनेका हुन् ।

चितवनको निर्वाचन क्षेत्र ३ बाट उम्मेद्वारी दिने चर्चामा रहेका अध्यक्ष प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराइले उम्मेद्वारी नदिने घोषणा गरेपछि गोरखा गएका हुन् । सत्तारुढ गठबन्धनको साझा उम्मेद्वार समेत रहेका अध्यक्ष प्रचण्डको विरुद्धमा नेकपा(एमाले)ले अब्दुस मियाँलाई उम्मेद्वारको रुपमा अगाडि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.