ओलीले गरे झापा–५ बाट मनोनयन दर्ता

  २०७९ असोज २३ गते १३:४०     विकासन्युज

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा ५ बाट मनोनयन दर्ता गरेका छन् । अध्यक्ष ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा–५ बाट मनोनयन दर्ता गरेका हुन् ।

उनी मनोनयन दर्ताका लागि पार्टीका नेता तथा कार्यकर्ताहरुका साथमा दमक नगरपालिकामा रहेको झापा क्षेत्र नं. ५ को निर्वाचन कार्यालयमा पुगेका थिए । मनोनयन दर्ता गराएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले उम्मेदवारी दर्ता गराएको र साथ सहयोगको अपेक्षा राखेको बताए ।

निर्वाचन आयोगले आज साँझ ५ बजे सम्मका लागि प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न समय दिएको छ । देशभरका निर्वाचन क्षेत्रहरुमा उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.